टी-२० आईमा केन्याद्वारा नेपाल ७ रनले पराजित

राष्ट्रपाटी न्युज

१३ भाद्र २०७९

काठमाडौं । केन्या विरुद्धको चौथो टी-२० आईमा नेपाल ७ रनले पराजित भएको छ ।

लो स्कवरिङ थ्रीलर म्याचमा रोहितकुमार पौडेलले ४७ रन बनाए पनि अन्य ब्याटरले गतिलो साथ नदिँदा नेपालले केन्याले दिएको १०२ रनको लक्ष्य पूरा गर्न सकेन । रोहितबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन समेत बनाउन सकेनन् ।

कप्तान सन्दीपको ५ विकेट पनि काम लागेन । नेपालले ९ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो ।

अन्तिम ओभरमा नेपाललाई जितका लागि १२ रन चाहिएको थियो ।


Published :१३ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media