काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा महाभियोग सिफारिस समितिको बैठकमा बयानका लागि सिंहदरबारमा आइपुगेका छन् । उनीसँग समितिले वयान लिन सुरु गरेको छ ।
उक्त समितिको यही भदौ ८ गतेको बैठकले उनलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो। उक्त निर्णयानुसार राणा आज समितिमा आएका हुन्। राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।
संसद्ले महाभियोग सिफारिस समिति गठन गरेपनि यही भदौ १ गते पहिलो बैठक बसेको थियोे। राणाविरूद्ध नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनले महाअभियोग पुष्टि गर्न ३४ बुँदेपत्र समितिलाई बुझाएको थियो ।
उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ। समितिले निलम्बनमा परेका प्रधानन्यायाधीशलाई उनीमाथि लागेको आरोपबारे प्रश्न सोध्नेछ ।