काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको दाबी गरेका छन् । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बयान दिँदै उनले संसद्को सम्मानका लागि मात्रै आएको बताएका हुन् ।
बयानका क्रममा उनले भने, ‘महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको छ । संसद्को सम्मानका लागि मात्रै म उपस्थित भएको छ । प्रस्ताव संविधान र नियमावली अनुसार चलेको छैन। त्यसैले मैले न्याय पाउनुपर्छ । न्यायपालिकालाई कमजोर बनाउन खोजेको उनको भनाइ छ । उनले आफूले विधि र पद्धतिअनुसार काम गर्दै आइरहकाले कसैको दबाबमा नपरेको प्रष्ट पारे ।