सुदूरपश्चिमका भौतिक राज्यमन्त्री कुलवीर चौधरी बर्खास्त

राष्ट्रपाटी न्युज

१५ भाद्र २०७९

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार राज्य मन्त्री कुलवीर चौधरीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका छन् ।

नेकपा एमाले प्रवेशको चर्चापछि उनलाई बर्खास्त गरिएको एक मन्त्रीले पुष्टि गरे । उनका अनुसार चौधरी एमाले प्रवेश गरेकाले बर्खास्त गरिएको हो ।

आज नेकपा एकीकृत समाजवादीका संघीय मन्त्रीदेखि प्रदेशका पूर्व मन्त्रीसम्मका नेताहरू एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ । त्यही सन्दर्भसँग जोडिएर राज्यमन्त्री हटाइएको बुझिएको छ । चौधरी एकीकृत समाजवादी पार्टीबाट २०७८ चैत २५ गते राज्यमन्त्री पदमा नियुक्त भएका थिए ।


Published :१५ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media