बुद्धनगरमा ६ तलामाथिबाट खसेर दुई बालबालिकाको मृत्यु

राष्ट्रपाटी न्युज

१५ भाद्र २०७९

काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित एक घरमा ६ तलामाथिबाट खस्दा दुईजनाको मृत्यु भएको छ ।

अन्दाजी १३ र १४ वर्षका अनिकेत रोय र कृतिका जैसवालको मृत्यु भएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

घरबाट तल खसिरहेको अवस्थामा देखेपछि उनीहरुलाई तत्काल उपचारका लागि सिभिल अस्पताल लगिएको थियो । तर उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले छतबाट हाम फालेको हुनसक्ने बताइएको छ । विस्तृत अनुसन्धान थालिएको छ ।

 


Published :१५ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media