सङ्खुवासभामा एमालेका कार्की विजयी

राष्ट्रपाटी न्युज

फाल्गुन २६, २०८२

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का डा अर्जुनकुमार कार्की विजयी भएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको एकमात्र क्षेत्र रहेको यस जिल्लामा एमालेका कार्की १५ हजार ६६३ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिङ्मा शेर्पाले १५ हजार मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लामा यसपटक एक लाख १९ हजार ६३० मतदाता रहेकामा ६३ हजार ६३४ मत खसेको थियो । बिहीबार भएको निर्वाचनमा एक स्वतन्त्रसहित १६ जना उम्मेदवारी चुनावी प्रतिस्पर्धामा थिए ।


Published :फाल्गुन २६, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media