थप २६९ जनामा कोरोना संक्रमण, एकजनाको मृत्‍यु

राष्ट्रपाटी न्युज

१६ भाद्र २०७९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६९ जना कोरोना संक्रमित थपिएका छन् भने एकजनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५५७ जनाको परीक्षणमा २६९ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७३२ जनाको पीसीआर परीक्षण गर्दा १८० जना र १ हजार ८२५ जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जना संक्रमित थपिएका हुन् ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार १५८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २१५ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये ३ हजार ४ जना होम आइसोलेसनमा रहेका छन् भने १५४ जना संस्थागत आइसोलेसन र ४६ जना आईसीयूमा छन् ।

यस्तै ७ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४८ हजार २२७ पुगेको छ ।


Published :१६ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media