खुकुरी हानेर एकै परिवारका तीनजनाको हत्या

राष्ट्रपाटी न्युज

१७ भाद्र २०७९

उदयपुर । उदयपुरमा एकैपरिवारका तीन जनाको हत्या भएको छ ।

बेलका नगरपालिका–७, उदयपुरका राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार हत्यामा संलग्न भएको आशंकामा एकजना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा नरबहादुर बस्नेत छन् । उनी नाताभित्रै पर्ने व्यक्ति हुन् ।

बेलकाका मेयर अशोक कार्कीका अनुसार घटनास्थल नगरपालिकाको विकट क्षेत्रमा पर्छ । ‘बिहान ११ बजेको घटना रहेछ, टुक्राटुक्रा पारेको अवस्थामा शव भेटिएको छ’ उनले भने, ‘प्रहरीले संकलन गरेर एकठाउँमा राखेको छ ।’

प्रारम्भिक अनुसन्धानका क्रममा सबैलाई खुकुरी हानिएको हुन सक्ने देखिएको प्रहरीको भनाइ छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।


Published :१७ भाद्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media