काठमाडौं । महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको तेस्रो दिनको बयान सुरु भएको छ ।
जबरा तेस्रो दिनको बयानका लागि समितिमा उपस्थित भएमा हुन् । बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको भए पनि दुई दिनमा ६ वटा प्रश्नको मात्र जबराले जवाफ दिनुभएको छ । प्रश्नहरु लामो भएकाले समय लागेको बताइएको छ ।
तर जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्, सहकर्मी न्यायाधीशमाथि नै प्रश्न उठाएका छन् । जबराविरुद्ध सत्तारुढ दलका सांसदहरुले १ फागुनमा महाअभियोग दर्ता गरेका थिए ।