३५ दिनभित्र अतिक्रमित जग्गा खाली गराउन टोखा नगरपालिकाको निर्देशन

काठमाडौं । टोखा नगरपालिकाले सरकारी जग्गा हडपेर व्यक्तिगत प्रयोग गर्नेहरुलाई कडा निर्देशन जारी गरेको छ ।

सो नगर कार्यपालिकाको भदौ ९ गते बसेको बैठकले यस्तो निर्देशन जारी गरेको हो । सो बैठकले ३५ दिनभित्र अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा खाली गराउन सबै वडा कार्यालयहरुलाई सूचना टाँस्न निर्देशन दिइसकेको छ ।

सार्वजनिक जग्गा हडपेर घरटहरा तथा कम्पाउण्डमा बार लगाइराखेका जग्गाहरु ३५ दिनभित्र खाली गराई नगरपालिकाको कानुनअनुसार छुट्याइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकरराज पाठकले जानकारी दिएका छन् ।

टोखा वडा नं. ५ मा सार्वजनिक जग्गा व्यक्तिको कब्जामा भन्ने समाचार केही दिनअघि एक टेलिभिजनमा आएपछि नगरपालिकाको ध्यान गएको वडा नं. ५ का निवर्तमान वडाअध्यक्ष जगन्नाथ ढकालले बताए । यता नगर प्रमुखले भने सार्वजनिक जग्गा कसैलाई पनि हड्प्न नदिने बताएका छन् ।


Published :भदौ १९, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media