काठमाडौँ । बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १० कपनमा रहेको कपन बहुमुखी क्याम्पसको तेस्रो क्याम्पस सभाले कुमार प्रसाद ओझाको अध्यक्षतामा २१ सदस्यीय क्याम्पस व्यवस्थापन समिति निर्विरोध चयन गरेको छ। शनिवार बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १० कपनमा रहेको कार्की इभेन्टसमा भएको तेस्रो क्याम्पस सभाबाट ओझा चौथो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका हुन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा भवानी दाहाल, उपाध्यक्षमा मीना पराजुली समेत निर्वाचित भएका छन् । त्यसैगरी उक्त समितिको सदस्यहरुमा केदारराज पुडासैनी ,संगम गहतराज ,बलराम पराजुली ,सन्तोष तिमल्सिना,लक्ष्मि प्रसाद संग्रौला,रमादेवी राई,शंकरराज न्यौपाने ,माधव प्रसाद आचार्य, हरीराम ढुंगाना ,तेजकुमार केसी ,डोरप्रसाद आचार्य , श्याम कुमार तिम्सिना ,इ.राजेन्द्र प्रसाद पौडेल , प्रा.डा.कमल गौतम ,सुरेश तामाङ,शारदा आचार्य,संजिता पौडेल ,महिन्द्र सुनार चयन भएका छन्।
त्यसैगरी केहि समयपछि चयन गरिने मनोनित सदस्यहरुको बारेमा समेत सहमति भैसकेको छ।
कपन क्षेत्रमा सक्रिय रहेका राजनीतिक दलका सबैजसो प्रतिनिधि सहित बूढानिलकण्ठ नगरपालिका नगर प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको बन्दसत्रमा सबै सक्रिय राजनीतिक दलहरुबीच ऐतिहासिक सहमति भएको थियो। सहमतिबाट साझा नेतृत्व चयन भएपछी सम्पूर्ण आजीवन सदस्यहरुमा सकारात्मक संदेश गएको छ भने भविष्यमा क्याम्पसको सर्वाङ्गिण बिकासमा समेत टेवा पुग्ने बताइएको छ।
नव निर्वाचित समितिलाइ बूढानिलकण्ठ नगरपालिका नगर प्रमुख मिठाराम अधिकारीले शुभकामना दिएका थिए भने नव निर्वाचित क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कुमार प्रसाद ओझाले आगामी कार्यकालमा कलेजमा नभएका विभिन्न संकाय थप गर्ने, पढाईको गुणस्तरलाई ध्यान दिँदै उत्कृष्ठ नतिजा ल्याउन पहल गर्ने, निर्माणाधिन भवनलाई व्यवस्थित र सुन्दर बनाउने तथा आर्थिक रुपमा कलेजलाई अब्बल बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए ।