काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुको गोंगबु बसपार्क क्षेत्रमा डोजर चलाएको छ । सो क्षेत्रमा रहेका अवैध संरचना हटाउन महानगरले डोजर लगाएको हो ।
आइतबार कोटेश्वर क्षेत्रको अवैध संरचना हटाएको महानगरले सोमबार गोंगबु बसपार्क क्षेत्रका अनधिकृत संरचना हटाउन थालेको हो ।
काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना र फुटपाथ मिचेर बनाइका संरचना हटाउने काम भइरहेको छ ।
मैपीदेवीबाट मित्रनगर तर्फ जाने सडकमा अहिले महानगरले डोजर प्रयोग गरेर अवैध संरचनाहरु हटाइरहेको पाण्डेले बताए ।
महानगरले डोजर लगाएर अनधिकृत संरचना हटाएको दृश्य हेर्न स्थानीयको भीड बढेपछि प्रहरीले बल प्रयोग गरेर सो क्षेत्र खाली गराएको छ ।