काठमाडौं । काठमाडौं जिल्ला क्षेत्र नम्बर ४ अन्तर्गत बूढानिलकण्ठ क्षेत्रमा केहि समय अघि मतदाता नामावली संकलनको क्रममा केहि विवाद उत्पन्न भएको थियो। उक्त विवादलाइ नेकपा एमाले र डा राजन भट्टराई संग जोडेर उक्त क्षेत्रमा नेपाली कांग्रेसको मात्र समाचार निरन्तर सम्प्रेषण गर्ने केहि अनलाइन मिडियाले किर्ते प्रकरण भन्दै निरन्तर समाचार सम्प्रेषण गरिरहे। एउटा, दुइटा होइन दर्जनौ समाचार त्यही बिषयमा आइरहे। सामान्य तरिकाले समाचार सम्प्रेषण गरेर कम पाठक पाएपछि उक्त समाचारहरु निरन्तर पैसा तिरेर बुस्ट समेत भैरहेका छन्।
तर उक्त घटनाले नयाँ मोड लिंदा अहिले परिश्थिति फरक बनेको छ। एमालेले किर्ते गरेको भन्दै निर्वाचन आयोगमा उजुरी दिएर कांग्रेसले एमालेका आम मतदाताको मनोबल गिराउने प्रयास गरेको थियो। तर अहिले झन्डै ७५० जना मतदाताको नामावली नै गलत भन्दै स्वयम् निर्वाचन आयोगले २४ घन्टे ताकेता गर्ने क्रममा पहिले देखि नै पटक पटक भोट दिएका स्थानीयको नै नाममा प्रश्न गरेपछि एमाले आक्रोशित बनेको हो। निर्वाचन कार्यालयले कागजपत्र लिएर आउन सूचित गरेका मध्ये बुढानिलकण्ठ नगर कार्यपालिका सदस्य मेन्दो शेर्पा समेत परेपछि यो बिषय एमालेको मात्रै बिषय नभई सिंगो नगरपालिकाको बिषय बन्न पुगेको छ।
यस प्रसंगमा जिल्ला निर्वाचन कार्यालयले जारि गरेको पत्र समेत गैरकानुनी देखिएको छ भने प्रक्रियागत रुपमा निर्वाचन कार्यालयको गम्भीर त्रुटी समेत फेला परेको छ। यसरि हेर्दा सत्ता र शक्तिको आडमा निर्वाचन कार्यालयले गगन थापाको पक्ष पोषण गरेको भन्दै एमाले कार्यकर्ता त आक्रोशित बनेका छन् नै बिभिन्न वडामा रहेका स्वयं नेपाली कांग्रेस र गगन थापा पक्षधर मतदाताहरु जसको नाम समेत छुटाईएको या छुटेको छ, उनीहरु समेत गगन थापा संग रुष्ट बनेका छन्। एक्काइसौ शताव्दीमा मतदाता नामावलीमा समेत राजनीति गरेको भन्दै उनिसंग नामावली पिडितहरु आक्रोशित बनेका हुन् । निर्वाचन कार्यालय वरिपरि एमालेको धर्ना कार्यक्रम हेर्न र अन्य कामले पुगेका कांग्रेस कार्यक्रताहरुको चालढाल र अनुहारले समेत यहि बिषयलाई प्रतिबिम्बित गरेको आभाष भएको थियो।
त्यसैले किर्ते मतदाता फन्डा स्वयम् गगन थापाका लागि समेत घाँडो बन्न पुगेको छ र उल्टै व्याक फाएर भएको छ भन्न सकिन्छ।
आज जिल्ला निर्वाचन कार्यालय काठमाडौमा भएको लफडा यस लिंकमा हेर्न सकिने छ।