गोपालबहादुर शाह बर्दिया-२ (क) को प्रदेशसभा सदस्यमा सिफारिस

राष्ट्रपाटी न्युज

२१ भाद्र २०७९

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका युवा नेता तथा बौद्धिक व्यक्तित्व गोपालबहादुर शाहलाई आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्ला समिति बर्दियाले उम्मेदवारका रुपमा सिफारिस गरेको छ ।

लामो समय देखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय शाहलाई बर्दिया क्षेत्र नं २ (क) बाट प्रदेशसभा सदस्यको उम्मेद्वारका रुपमा सिफारिस गरिएको हो ।

राजनीतिक विश्लेषक तथा अधिकारकर्मीको रुपमा परिचित शाह नेपाली कांग्रेसको केन्द्रिय संघीय मामला तथा प्रदेश समन्वय विभाग सदस्य हुन्। मानव अधिकार र द्वन्द्वपिडित समुदायको पक्षमा निरन्तर संघर्षरत शाह बर्दिया क्षेत्र नं २ (क) बाट प्रदेशसभा सदस्यको स्वाभाविक उम्मेद्वार हुन्।

आफूले देश , समाज र पार्टीको पक्षमा निरन्तर योगदान गरिरहेको भन्दै उनले आगामी निर्वाचनमा आफूलाइ उम्मेद्वारका रुपमा पार्टीले टिकट दिनेमा विश्वस्त रहेको बताउँछन्।


Published :२१ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media