महाअभियोग सिफारिस समितिको बैठक जारी

राष्ट्रपाटी न्युज

२६ भाद्र २०७९

काठमाडौँ । प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिको बैठक जारी छ । सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक मध्यान्हबाट सुरु गरिएको हो ।

बैठक सुरु भएसँगै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान पनि चलिरहेको छ । जबराको आज चौथो दिनको बयान हो । यसअघि तीन दिन लिइएको बयानमा उनीसँग ११ वटा प्रश्न सोधिएको थियो ।

उनले बयानका क्रममा आफूविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको औचित्य नै सकिएको दाबी गर्दै आएका छन् । जबरासँग बयान लिन समितिले ४३ वटा प्रश्न तयार गरेको थियो ।

गत १ फागुनमा सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका सांसदले उनीविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । महाअभियोग दर्ता भएसँगै उनी प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका हुन् ।


Published :२६ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media