सत्तारुढ दलहरुको बैठक आज पनि बस्दै

राष्ट्रपाटी न्युज

२८ भाद्र २०७९

काठमाडौं । सिट बाँडफाँटको सकसमा रहेका सत्तारुढ दलहरुको बैठक आज पनि बस्दैछ। निरन्तर बैठक गरिरहेको कार्यदलसहित शीर्ष नेताहरू आज पनि छलफलमा जुट्ने भएका हुन् ।

बैठक दिउँसो ३ बजे बालुवाटारमा बस्नेछ । हिजो पनि कार्यदलसहित शीर्ष नेताहरूको बैठक बसेको थियो ।

बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल भएको थियो। कार्यदलका सदस्यहरुका अनुसार आधा जति सिटमा सहमति जुटिसकेको छ ।

कार्यदलले निर्वाचन क्षेत्रअनुसार बुझाएको सिट बाँडफाँटको खाकामा एक सय हाराहारीमा सहमति जुटेको र ६५ सिटमा दाबी धेरै देखिएकाले सहमति जुट्न नसकेको सदस्यहरूको भनाइ छ।

मंसिर ४ को निर्वाचनका लागि कांग्रेसले १ सय सिटमा दाबी गरेको छ भने माओवादीले ६० सिटमा दाबी गरेको छ। नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले ३० बढी सिटमा दाबी गर्दा जनमोर्चाको दुई सिटमा दाबी छ ।

असोज २ र ३ गते समानुपातिक तर्फको बन्द सूची बझुाउने निर्वाचन कार्यतालिका रहेकाले दलहरु छिट्टै सिट बाँडफाँट टुंगो लगाउने गरी निरन्तर छलफलमा छन् ।

सिट बाँडफाँटको टुंगो लगाउन यसअघि शीर्ष नेताले कार्यदल गठन गरी जिम्मा दिएका थिए । तर, कार्यदल ठोस सहमति जुटाउन असफल भएको थियो । एक महिना लामो छलफल र विभिन्न मोडालिटी बनाएको कार्यदलले २३ भदौमा गठबन्धनका शीर्ष नेतालाई रिपोर्ट बुझाएको थियो ।


Published :२८ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media