काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज महाअभियोग सिफारिस समितिले बयान लिँदैछ । समितिले जबरासँग लिखित र मौखिक गरी ४३ प्रश्नको रोस्टर तयार पारेको थियो । आज सबै प्रश्न सोधेर सक्ने तयारी छ ।
आइतबारसम्म समितिले ३५ वटा प्रश्न सोधेको छ । अब आठ प्रश्न बाँकी छ । समितिले जबरासँग लिखित र मौखिक गरी ४३ प्रश्नको रोस्टर तयार पारेको थियो । आजै सबै प्रश्न सोधेर समितिले प्रतिवेदन संसदमा बुझाउने छ ।
प्रतिनिधि सभाको कार्यकाल केही दिन मात्र बाँकी रहेकाले समितिले मंगलबार नै बयान लिने काम सक्ने समितिका सदस्य मीन विश्वकर्माले जानकारी दिनुभयो । ‘आजै बयान सक्ने सकिने छ,’ विश्वकर्माले भने- ‘बयान सकेर प्रतिवेदन तयार गरेर छिट्टै सभामुखलाई बुझाउँछौँ ।’
त्यसपछि संसद्मा जबराविरुद्धको महाअभियोग प्रस्ताव निर्णयार्थ पेस गरिनेछ । एमालेले साथ दिए महाअभियोग पास हुन्छ, नभए हुन्न । त्यही भएर अहिले जबरा एमालेले आफूविरुद्ध मत नदिनेमा ढुक्क देखिएका छन् ।