पपुवा न्युगिनी भूकम्पमा परी दसजनाको मृत्यु

राष्ट्रपाटी न्युज

३० भाद्र २०७९

पोर्ट मोरेस्बी । पपुवा न्युगिनीमा गत आइतबार बिहान ७:४६ बजे गएको ७.६ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दश पुगेको छ । यस भूकम्पमा परी अन्य कैंयौ घाइते भएका छन् ।

उद्धारकर्ताहरू दुर्गम पहिरो प्रभावित समुदायहरूमा पुग्न थालेपछि मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ । यस भूकम्पको केन्द्रबिन्दु ६.३० डिग्री दक्षिण अक्षांश र १४६.५५ डिग्री पूर्वीदेशान्तरमा ७० किलोमिटरको गहिराईमा रहेको जनाइएको छ । भूकम्प प्रभावित क्षेत्रमा घर र पूर्वाधारमा व्यापक क्षति पुगेको छ । अहिले पनि धनजन क्षति विस्तृत विवरण भने प्राप्त भएको छैन।

प्रधानमन्त्री जेम्स मारापेले पपुवा न्युगिनीलाई आएको शक्तिशाली भूकम्पपछि सतर्क रहन चेतावनी दिनु भएको छ । तर यसको प्रभाव सन् २०१८ को भूकम्पभन्दा कम हुने अपेक्षा गरिएको छ । सन् २०१८ को भूकम्पमा परी १५० जनाको ज्यान गएको छ । (रासस/एएनआई)

 


Published :३० भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media