अमृता अग्रहरि एमाले प्रवेश

राष्ट्रपाटी न्युज

२ आश्विन २०७९

काठमाडौं ।  निवर्तमान सांसद अमृता अग्रहरि नेकपा एमालेमा प्रवेश गरेकी छिन् ।

नेकपा एमालेको सचिवालय बैठक चलिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर अग्रहरिलाई पार्टी प्रवेश गराएका हुन् ।

नेपालको लोकतान्त्रिक आन्दोलनका नेता गजेन्द्रनारायण सिंहको प्रेरणाबाट राजनीतिमा कृयाशिल रहेको बताउने कपिलवस्तुकी अग्रहरि राष्ट्रिय जनता पार्टी राजपाबाट सांसद बनेकी थिइन् ।

राजपा र संघीय समाजवादी पार्टी एकीकरणपछि बनेको जनता समाजवादी पार्टी जसपा फुटेपछि उनी तटस्थ थिइन् ।

 


Published :२ आश्विन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media