काठमाडौं । नेकपा एकीकृत समाजबादी काठमाडौं जिल्ला कमिटिका कार्यबाहक सचिव एबम एकीकृत समाजबादीबाट क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यमा सर्बसम्मत सिफारिस धुर्व राज न्यौपानेले करिव १४ बर्ष क्षेत्र नम्बर ४ मा माननीय भएपनि गगन थापाले जनतामा सहि ढंगले डेलिभरी दिन नसकेको आरोप लगाएका छन्। जनताले राजनीतक नेतृत्वबाट धेरै ठुलो अपेक्षा गरेपनि राजनीतिक नेतृत्वले जनतालाई न्याय गर्न नसकेको उनको दावी छ । जनताका पिर मर्कामा अब पनि मलम पट्टि गर्न नसके जनताले फरक बाटो तय गर्न सक्ने भन्दै उनले सबै राजनीतिक दललाई सचेत समेत गराएका छन्। राष्ट्रपाटि डट कमको टक शो राष्ट्रपाटि बिशेषमा कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।
न्यौपाने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससंग गठबन्धन हुने अबस्थामा एकीकृत समाजबादीको तर्फबाट उपमेयरको करिव निश्चित जस्तै उम्मेदवार रहेका थिए। गठबन्धन नहुने अवस्था आएपछि एकीकृत समाजबादीको तर्फबाट नगर प्रमुखको रुपमा वडा नम्बर ३ का पुर्व वडाध्यक्ष बालकृष्ण श्रेष्ठलाइ उम्मेदवार बनाइएको थियो । बूढानिलकण्ठ नगरपालिका भरि बाट उनले २२२२ मत प्राप्त गरि तेस्रो स्थान प्राप्त गरेका थिए।
राष्ट्रपाटि डट कमको टक शो राष्ट्रपाटि बिशेष तलको लिंकमा हेर्न सकिने छ।