राष्ट्रपतिको कदम संविधान संरक्षकको जिम्मेवारी निर्वाहः कमल थापा

राष्ट्रपाटी न्युज

५ आश्विन २०७९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदम राष्ट्रहित अनुकूल रहेको बताएका छन् ।

प्रादेशिक पहिचानसहितको नागरिकता, महिलाहरूको लैंगिक हकको कार्यान्वयन, वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संविधानअनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वभाविक भएको उनको भनाइ छ ।

‘प्रादेशिक पहिचानसहितको नागरिकता, महिलाहरूको लैंगिक हकको कार्यान्वयन, वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संविधानअनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वभाविक छ,’ उनले भनेका छन्, ‘राष्ट्रपतिको निर्णय राष्ट्रहित अनुकूल छ । संविधान संरक्षकको जिम्मेवारी निर्वाह भएको छ।’


Published :५ आश्विन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media