काठमाडौँ । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमालेमा प्रवेश गरेका छन् ।
एमाले पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेशमा एमाले अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाएर उनलाई एमालेमा प्रवेश गराएका हुन् ।
कार्यक्रममा महासचिव शङ्कर पोखरेल,सचिव लेखराज भट्टलगायत नेताहरूको उपस्थिति रहेको थियो ।
गिरिजाप्रसाद कोइराला र सुशील कोइराला प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीको सचिवालयमा काम गरेका उनका दाजु सुवीर खनाल,राष्ट्रिय पुनर्जागरण पार्टीका महासचिव रविकिरण खनाल, विवेकशील साझा पार्टीका संस्थापक अब्दुस मिया, जसपाका नेता होरिलाल चौधरीलगायत एमालेमा गरेका छन् ।