थप ५१ जनामा कोरोना संक्रमण, एक सयजना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २४ जनाको पीसीआर परीक्षणमा ५१ जनामा कोरोना संक्रमित थपिएका हुन् ।

१ हजार २०६ जनाको पीसीआर परीक्षण गर्दा ४० जना र १ हजार ८१८ जनाको एन्टीजेन परीक्षण गर्दा ११ जना गरी ५१ जना संक्रमित थपिएका हुन् ।

आज थपिएका सँगै देशभर १ हजार २२३ जना सक्रिय संक्रमित रहेका छन् । आज एक सय जना संक्रमण मुक्त भएका छन् । आज कसैको मृत्‍यु भएको छैन ।


Published :अशोज ९, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media