भीमप्रसाद आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै योगप्रेमी परिवार नेपालको दोस्रो साधारणसभा सम्पन्न

राष्ट्रपाटी न्युज

अशोज १०, २०७९

काठमाडौँ । योगप्रेमी परिवार नेपालको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बुढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न सो साधारणसभाले गत वर्षको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदनसमेत पास गरेको छ । सो सभाले भीमप्रसाद आचार्यको नेतृत्वमा ११ सदस्यीय नयाँ केन्द्रीय समिति सर्वसम्मतरुपमा चयन गरेको छ । समितिका पदाधिकारीहरुमा भीमप्रसाद आचार्य अध्यक्ष रहेका छन् भने अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा डा बालकृष्ण तथा महासचिवमा मुकुन्द बोगटी चयन भएका छन् ।

त्यसैगरी सचिवको जिम्मेवारीमा वीरबहादुर थापा रहेका छन् भने  कोषाध्यक्षको जिम्मेवारी सुनोज श्रेष्ठले पाएका छन् । त्यस्तै सह-कोषाध्यक्ष चिनीमैया दाहाल छिन् । समितिका अन्य सदस्यहरुमा रविप्रसाद पौडेल, रेशम पण्डित, दिपा गुरुङ, भरत गुरुङ र सुमित्रा घिमिरे रहेका छन् ।

सो साधारणसभामा बुढानीलकण्ठ नगरपालिकाका नवनियुक्त नगरप्रवक्ता तथा वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई तथा वरिष्ठ योग प्राकृतिक चिकित्सक डा हरिप्रसाद पोखरेल विशेष अतिथिका रुपमा उपस्थित थिए । यसका साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, योगगुरु तथा संस्थाका सम्पूर्ण सदस्यहरुको सहभागिता रहेको सो सभाको अध्यक्षता खेटराज मैनालीले गरेका थिए ।


Published :अशोज १०, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media