थप ५४ जनामा कोरोना संक्रमण, ७६ जना मुक्त

राष्ट्रपाटी न्युज

अशोज ११, २०७९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार एक हजार ७२९ पीसीआर परीक्षणमा ४२ जना र दुई हजार १०० एन्टिजेन परीक्षणमा १२ जना गरी ५४ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या एक हजार १४४ जना रहेको छ ।


Published :अशोज ११, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media