सप्तरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको सीमा मिचिँदा पनि सरकार घुँडा टेकेर बसेको आरोप लगाएका छन् ।
एमाले निकट युवा संघले शनिबार सप्तरीको कञ्चनरुप नगरपालिकामा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले सरकारलाई देशको सीमा कहाँसम्म छ भन्ने कुरा पनि थाहा नरहेको बताए ।
अध्यक्ष ओलीले भने- ‘कहीं सीमा मिचेको छ भने बोल्नुपर्छ । यो सरकार सीमा मिचे पनि बोल्न सक्दैन । घुँटा टेकेर बस्छ ।’ उनले भने- ‘आफ्नो सिमाना कहाँसम्म हो त्यो पनि भन्न सक्दैन । कायरता देखाउँछ । जलस्रोत, जग्गा, नदीनाला, खनिजको पनि रक्षा गर्न सक्दैन ।’