प्रधानमन्त्री देउवाले लगाएनन् टीका

राष्ट्रपाटी न्युज

१९ आश्विन २०७९

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजया दशमीको टीका ग्रहण गरेनन् । भ्रातृ शोकमा रहेका प्रधानमन्त्री देउवाले टीका नलगाएका हुन् र अरुलाई पनि टीका नलगाइदिएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृ शोकका कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई पनि टीका नलगाइदिएका हुन् ।


Published :१९ आश्विन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media