राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई लगाइदिनुभयो दशैंको टीका-जमरा (फोटोफिचर)

राष्ट्रपाटी न्युज

अशोज १९, २०७९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई दशैंको टीका जमरा लगाइदिनुभएको छ ।

इच्छुक सर्वसाधारणलाई टीका लगाउन दिउँसो ३ देखि ५ बजेसम्मको समय तोकिएको थियो । राष्ट्रपतिको हातबाट टीका र जमरा लगाउन उल्लेख्य संख्यामा सर्वसाधारण शीतल निवास पुगेका थिए ।

यसअघि राष्ट्रपति भण्डारीले शुभसाइतमै टीका तथा प्रसाद ग्रहण गर्नुभएको थियो ।

विजया दशमीको दिन राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा राष्ट्रपतिले हुनुमान ढोकाका मूलपूजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका मूलपूजारी खेमचन्द्र ढकालबाट शुभसाइतमै टीका तथा प्रसाद ग्रहण गर्नुभएको हो ।

टीका कार्यक्रममा उहाँले आफ्ना छोरी, ज्वाइँ, नातिनी, आफन्त र सुरक्षाकर्मीलाई टीका तथा प्रसाद लगाई दिनुभएको थियो ।


Published :अशोज १९, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media