काठमाडौँ । लामो समयको रस्साकस्सीपछि सत्तारुढ गठबन्धनले प्रतिनिधिसभाको सिट भागवण्डालाई अन्तिम रुप दिएको छ ।
गठबन्धनले १६५ मध्ये १६१ सिटको भागवण्डा मिलाएको हो । तर यो सूचीमा आज शनिबारसम्म तलमाथि हुन सक्नेछ । जनता समाजवादी पार्टी बाहिरिएपछि आएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि ८ देखि १० सिट दिने गरी भागबण्डा गरिएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले कांग्रेसलाई ८४, नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको हो ।
गठबन्धनले विवाद रहेका बाँकी ४ सिटमा पनि शनिबारसम्म सहमति गर्ने भएको छ । शनिबार नै सहमति पत्रमा हस्ताक्षर गरेर २३ गते मनोनयनका लागि गठबन्धन तयार हुने जनाइएको छ ।
हेर्नुहोस् सत्तारुढ गठबन्धनबीच भएको सहमति :