काठमाडौं – ४ मा ५० जना उम्मेदवार !!!

राष्ट्रपाटी न्युज

२३ आश्विन २०७९

काठमाडौं । आगामी मंसिर ४ गते हुन गैरहेको निर्वाचनको लागि काठमाडौं क्षेत्र नम्बर ४ मा संघ र प्रदेश गरि ५० जनाले उम्मेद्वारी दर्ता गराएका छन्। आज सम्पन्न उम्मेद्वारी दर्ता गराउने कार्यक्रम अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ४ मा संघीय साम्सदको लागि बिभिन्न पार्टी एबम स्वतन्त्र सहित ३५ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेश तर्फ काठमाडौं क्षेत्र नम्बर ४ (क) मा ७ जना र (ख) मा ८ जनाले उम्मेद्वारी दर्ता गराएका छन्।

संघीय साम्सदको लागि नेपाली कांग्रेसका गगन थापा , नेकपा एमालेका डा राजन भट्टराई सहित ३५ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेश (क) मा नेपाली कांग्रेसका श्रीराम लामिछाने , नेकपा एमालेका तेज प्रसाद ढकाल सहित सात जनाले मनोनयन दर्ता गरेका हुन्।

त्यसै गरि प्रदेश (ख) मा गठबन्धनको तर्फबाट एकीकृत समाजबादीका कुशुम कुमार कार्की , नेकपा एमालेका जयराम थापा सहित आठ जनाको मनोनयन परेको क्षेत्र नम्बर ४ कि प्रमुख निर्वाचन अधिकृत शारदा देवी पौडेलले जानकारी दिएकि छन्।


Published :२३ आश्विन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media