आज दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

राष्ट्रपाटी न्युज

२४ आश्विन २०७९

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकेको छ ।

आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने जनाएको छ । उजुरी दिइसकेपछि उक्त उजुरीमाथि आजै बेलुका ५ बजेदेखि जाँचबुझ गरिनेछ । उक्त जाँचबुझपछि मंगलबार बेलुका ५ बजेसम्म उजुरीमाथि निर्णय गर्ने कार्यतालिका रहेको छ ।

त्यस्तै २५ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली आयोगले प्रकाशन गर्नेछ । आइतबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म देशैभरका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारले मनोनयन दर्ता गरेका थिए ।


Published :२४ आश्विन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media