एमालेबाट निकालिए प्रभु साह

राष्ट्रपाटी न्युज

२८ आश्विन २०७९

रौतहट । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा मधेश प्रदेशका सहइन्चार्ज प्रभु साह, रौतहट जिल्ला इन्चार्ज उपेन्द्र साह र सह-इन्चार्ज कुन्दन कुस्वाहालाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ ।

एमालेका महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेका हुन्।

उनीहरू पार्टी विरोधी क्रियाकलापमा संलग्न रहेकाले उनीहरूलाई पार्टीको सदस्यता समेतबाट निष्कासन गरिएको महासचिव पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

यस्तै रौतहट जिल्ला इन्चार्जको जिम्मेवारी पार्टीका सह-इन्चार्ज उद्वव रेग्मीलाई दिइएको छ। महासचिव पोख्रेलले प्राप्त जिम्मेवारी सफलता पूर्वक सम्पादन गर्न आग्रह गरेका छन्।

यस्तै एमालेको रौतहट जिल्ला कमिटी विघटन भएको छ। एमाले मधेश प्रदेश कमिटीका अध्यक्ष राम अवतार यादवले शुक्रबार रौतहटमा त्रिभुवन साह अध्यक्ष रहेको जिल्ला कमिटी विघटन गरेका छन।

प्रदेश अध्यक्ष यादवले दीपक राय यादवलाई जानकारी पत्र दिँदै जिल्ला कमिटी विघटन भएको जानकारी दिएका हुन् ।


Published :२८ आश्विन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media