सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक  बदली रहने

राष्ट्रपाटी न्युज

अशोज २९, २०७९

काठमाडौँ । हाल नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले (शनिबार बिहान) कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी  भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो  सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक  बदली  रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका एक दुई स्थानमा  मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ ।


Published :अशोज २९, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media