नवौं राष्ट्रिय खेलकुदः सटपुटमा आर्मीका तिलक र पुलिसकी चन्द्रकलाले जिते स्वर्ण

राष्ट्रपाटी न्युज

अशोज २९, २०७९

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत सटपुटमा नेपाल आर्मीका तिलक विक र नेपाल पुलिसकी चन्द्रकला लामगादेले स्वर्ण जितेका छन् ।

त्रिभुवन आर्मी क्लबका तिलकले १२.८५ मिटर फाल्दै पुरुषतर्फ स्वर्ण जितेका हुन् । पुरुषतर्फ आर्मीका चत्रबहादुर वलीले रजत र बागमती प्रदेशका ललित यादवले कास्य जिते ।

चन्द्रकलाले महिलातर्फ १४.४० मिटर फाल्दै स्वर्ण जितेकी हुन् । महिलातर्फ लुम्बिनी प्रदेशकी संगिता अधिकारीले रजत र नेपाल पुलिसकी बसन्ती चौधरीले कास्य जितिन् ।


Published :अशोज २९, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media