काठमाडौँ । विकासप्रेमी नेता एवं परराष्ट्रविद् डा राजन भट्टराईलाई अत्यधिक मतका साथ विजयी बनाउन नेकपा एमालेले काठमाण्डौ क्षेत्र नं ४ मा निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
काठमाण्डौ महानगरपालिका वडा नं ७ मा रहेको आरबी होम पार्टी प्यालेसमा भएको सो कार्यक्रममा निर्वाचन परिचालन कमिटीका संयोजक, सहसंयोजक र सचिवको जिम्मेवारी तोकिएको छ ।
नेकपा एमाले काठमाडौँ क्षेत्र नं ४ निर्वाचन परिचालन कमिटीको सहसंयोजकमा निर्मल कुइकेल, उद्दव खरेल र केदारराज पुडासैनीलाई चयन गरिएको छ भने सचिवको जिम्मेवारी टिका पराजुलीलाई दिइएको छ ।
नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय सदस्य धर्मदत्त देवकोटा, स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. राजन भट्टराई, प्रदेशसभा सदस्यका उम्मेदवार तेजप्रसाद ढकाल र जयराम थापालगायतको उपस्थितिमा भएको सो कार्यक्रममा नेकपा पोलिटब्युरो सदस्य रमेश बडालको संयोजकत्वमा २५५५ सदस्यीय निर्वाचन परिचालन कमिटीसमेत घोषणा गरिएको थियो ।
नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा काठमाण्डौ क्षेत्र नं ४ का संयोजक बिदुरविक्रम खड्काको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला सदस्य तथा सहसंयोजक रमा राईले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।