
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार १११ जनामा डेंगु संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै संक्रमितको संख्या ४० हजार २९ पुगेको छ ।
शनिबार ३८ हजार ९१८ संक्रमित पुगेका थिए । हालसम्म डेंगु संक्रमणबाट ४८ जनाको मृत्यु भएको छ । मन्त्रालयले डेंगुबाट बच्न फोहर जम्मा भएको ठाउँ सफा गर्न र पूरा बाहुला भएको कपडा लगाउन अनुरोध गरेको छ ।
विज्ञहरूले डेंगु जोखिम कायम रहेको भन्दै सचेत रहन आग्रह गरेका छन् ।