दिप मण्डला युवा क्लवले बृहत सरसफाई कार्यक्रम आयोजना गर्ने

राष्ट्रपाटी न्युज

अशोज ३१, २०७९

काठमाडौं । काठमाडौं जिल्लाको बूढानिलकण्ठ नगरपालिकामा सक्रिय रहेको दिप मण्डला युवा क्लवले आफु स्थापना भएको एकवर्ष पुगेको उपलक्ष्यमा पहिलो स्थापना दिवस मनाउन लागेको छ। उक्त क्लबले उक्त दिन वृहत सरसफाई अभियान संचालन गर्ने भएकाे छ। बूढानिलकण्ठ नगरपालिकामा सक्रिय युवाहरु सम्मिलित रहेको उक्त क्लवले विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ।

यस क्लवले आगामी तिहारको लक्ष्मीपूजाको दिन बृहत सरसफाई कार्यक्रम आयोजना गर्ने क्लवका सचिव प्रदिप मैनालीले जानकारी दिएका छन्।


Published :अशोज ३१, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media