निरन्जन पुडासैनीको उम्मेदवारीले काठमाडौं क्षेत्र नं ३ को राजनीतिमा तरंग

राष्ट्रपाटी न्युज

अशोज ३१, २०७९

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने निर्वाचन काठमाडौं क्षेत्र नं ३ मा भने अझ बिशेष हुने भएको छ। काठमाडौं क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका निरन्जन पुडासैनीले धर्म देखि बिकास निर्माणका योजना सहित पुतली चिन्ह लिएर प्रचार प्रसारमा आएपछि काठमाडौं क्षेत्र नं ३ को राजनीतिमा तरंग पैदा भएको छ। उनले आफ्नो उम्मेदवारी नेपाली कांग्रेस र नेकपा एमालेको राजनीतिक अकर्मान्यताको कारण सिर्जना भएको आरोप समेत लगाएका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं ३ मा स्वतन्त्र उम्मेदवारी दर्ता गरेर चुनावी अभियानमा रहेका पुडासैनीले पत्रकार सम्मेलन आयोजना गर्दै २०५४ देखि विभिन्न पदमा रहेका नेकपा एमालेका कृष्ण राई र नेपाली कांग्रेसका सन्तोष चालिसेले सधै झुटको खेति गरेको आरोप लगाउदै त्यसलाई चिरेर जनताको पक्षमा काम गर्नका लागि आफु उम्मेदवार बनेको बताएका छन् ।

संस्कृति सम्वर्धन र पूर्वाधार विकासमा काठमाडौं क्षेत्र नं ३ निकै पछाडी रहेकोमा आफुलाई पछुतो लागेर विकास अभियानको नेतृत्व गर्नका लागि आफुले उम्मेद्वारी दिएको बताउदै पुडासैनीले पत्रकार सम्मेलनमा आफ्ना अवधारणाहरु समेत सार्वजनिक गरेका थिए।

धर्म र रास्ट्रप्रमुखको विषय आम जनताको मत र सहभागितामा मात्र निर्णय हुनुपर्ने आफ्नो प्रमुख एजेन्डा रहेको धारणा राख्दै उनले काठमाडौं क्षेत्र नं ३ का धेरै क्षेत्रवासीको संस्कृतिसंग जोडिएको घरेलु मदिरा उत्पादनलाई कानुनी मापदण्डमा ल्याएर व्यावसायिक उत्पादनका लागि पहल गर्ने आफ्नो योजना रहेको बताएका थिए।

लामो समय देखि बागमती पिडित संघर्ष समितिको नेतृत्वमा रहेर सामाजिक गतिविधिमा सक्रिय रहेका पुडासैनीले बागमती सभ्यताको प्रवर्धन र सम्वर्धनको मुद्दालाई रास्ट्रिय मुद्दा बनाउने समेत उदघोष गरेका थिए।

नेपालको राजनीति लोभीपापीहरुको कब्जामा पर्दा देशले नै दुख पाएकोले कुनै पनि दर्शन र वादमा लागेका भन्दा देशप्रेमी स्वतन्त्रहरुले राजनीतिको नेतृत्व गर्नुपर्ने भएकोले आफुलाई जिताउन काठमाडौं क्षेत्र नं ३ का जनतालाई अपिल गर्दै पुडासैनीले अवको निर्वाचन देश बनाउने र बिगार्ने विचको लडाई रहेको धारणा राखेका छन् ।


Published :अशोज ३१, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media