राष्ट्रिय कीर्तिमानसहित ४०० मिटर दौडमा एपिएफकी रमिताले जितिन् स्वर्ण

राष्ट्रपाटी न्युज

१ कार्तिक २०७९

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ४०० मिटर महिला दौडमा एपीएफकी रमिता कुमारी थारुले स्वर्ण पदक जितेकी छन् । उनले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन् ।

पोखरा रंगशाला ट्रयाकमा मंगलबार बिहान सम्पन्न दौडमा रमिताले ५८.१० सेकेण्ड टाइमिङ सहित स्वर्ण जितेकी हुन् ।

उनले ह्यान्ड टाइमिङमा दिलमाया कार्कीको नाममा रहेको ५८.५० सेकेण्डको कीर्तिमान तोडेकी हुन् ।

दिलमायाले २०१० मा ढाकामा उक्त कीर्तिमान बनाएकी थिइन् । चार सय मिटर महिलामा दिलमाया र प्रमिला रिजालको नाममा ५९.९० सेकेण्डको इलेक्ट्रिक टाइमिङको कीर्तिमान छ ।


Published :१ कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media