थप ४६ जनामा कोरोना संक्रमण, १७ जना मुक्त

राष्ट्रपाटी न्युज

कार्तिक १, २०७९

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ४६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा देशभरबाट १५१० नमूना परीक्षण गर्दा ४६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८३५ र एन्टिजेनबाट ६७५ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४२ र एन्टिजेनबाट ४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।

मन्त्रालयका अनुसार थप १७ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ७३६ पुगेको छ ।


Published :कार्तिक १, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media