नवौं राष्ट्रिय खेलकुदको ४०० मिटर पुरुष हर्डल्समा आर्मीका रामप्रसादलाई स्वर्ण

राष्ट्रपाटी न्युज

कार्तिक २, २०७९

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको ४ सय मिटर पुरुष हर्डल्समा त्रिभुवन आर्मी क्लबका रामप्रसाद थारुले स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशालामा बुधबार राम प्रसादले निर्धारित दुरी ५३.५३ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । आर्मीकै जीवन चौधरीले ५३.८९ सेकेन्ड टाइमिङ निकाल्दै रजत जिते । एपीएफका निरप्रताप महतोले ५३.९२ सेकेन्ड टाइमिङ सहित कास्य जिते ।


Published :कार्तिक २, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media