प्रचण्डपत्नी सीता अस्पताल भर्ना

राष्ट्रपाटी न्युज

कार्तिक २, २०७९

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्यमा समस्या आएको छ ।

उनको स्वास्थ्यमा समस्या आएपछि ललितपुरको मेडिसीटी अस्पताल भर्ना गरिएको छ ।

अस्पताल स्रोतका अनुसार सीताको आइसीयूमा उपचार भइरहेको छ । सीता लामो समयदेखि पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित छन् । सीता मधुमेह र उच्च रक्तचापबाट समेत पीडित छिन् ।


Published :कार्तिक २, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media