जरिवाना नबुझाउने समानुपातिक उम्मेदवारको नाम बन्दसूचीबाट हटाइने

राष्ट्रपाटी न्युज

४ कार्तिक २०७९

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारहरूले सार्वजनिक बिदाको दिनमा पनि जरिवाना बुझाउन सक्ने भएका छन् ।

कात्तिक ५ गते शनिबार सार्वजनिक बिदाको दिनमा समेत प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा कार्यालय समयभित्र जरिवाना बुझाउन व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।

जरिवाना रकम नबुझाएमा समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेस गरेको बन्दसूचीमा समावेश भएको भए त्यस्ता उम्मेदवारहरूको नाम बन्दसूचीबाट हटाइने छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेस गरेको बन्दसूचीमा जरिवाना रकम नबुझाउने उम्मेदवारको नाम समावेश भएको छ ।


Published :४ कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media