
काठमाडौँ । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन स्वभाविक रहेको बताएका छन् । विराटनगरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै देउवाले संविधान रक्षाका निम्ति बनेको पाँच दलीय गठबन्धन स्वभाविक रहेको बताएका हुन् ।
एमालेले सत्ता गठबन्धनमाथि प्रश्न उठाएको प्रसंग उप्काउँदै देउवाले त्यस पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न समेत गरेका छन् । ‘ओलीले पनि गठबन्धन गर्नुभएकै छ । उहाँले गर्दा हुने हामीले गर्न नहुने?’ उनको प्रश्न छ ।
गठबन्धनबारे कुनै पनि द्वविधामा नरहन देउवाले कार्यकर्तालाई आग्रह गरेका छन् । ‘हामीले एक अर्काको चुनाव चिन्हमा भोट हालौँ । कुनै पनि हालतले गठबन्धनले जित्नुपर्छ,’ उनले भने । गठबन्धनले बहुमत ल्याएमा सबैका लागि अवसर सिर्जना हुने देउवाको आश्वासन छ ।