समानुपातिकतर्फ रास्वपाले कटायो ३८ लाख बढी मत, अन्य दलको कति ?

राष्ट्रपाटी न्युज

फाल्गुन २५, २०८२

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७९ लाख १० हजार ४०८ मत गणना भएको छ ।

निर्वाचन आयोगबाट प्राप्त तथ्याङकअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ३८ लाख २२ हजार ६३२ मत प्राप्त गरेको छ ।

त्यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १२ लाख ८९ हजार ४४८, नेकपा एमलेले १० लाख ८९ हजार ४४९, नेपाली कम्युनिस्ट पार्टीले पाँच लाख ६२ हजार ९१४ मत प्राप्त गरेको छ ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६७ हजार ३०४ र श्रम संस्कृति पार्टीले दुइ लाख ६२ हजार ६६० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।


Published :फाल्गुन २५, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media