
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको माहोल बढ्दै गएको छ। काठमाडौं क्षेत्र नम्बर ४ मा अझ बिशेष चुनावी रौनक बढेको महसुस गर्न सकिन्छ। नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र तथा नेकपा एकीकृत समाजबादी सहितको गठबन्धन अहिले देशव्यापी रुपमा प्रचार प्रसार लगायतका चुनावी कार्यक्रममा व्यस्त छ।
यसै सन्दर्भमा काठमाडौं क्षेत्र नम्बर ४ मा समेत गठबन्धन दलका उम्मेदवारहरु चुनावी प्रचार प्रसारका लागि बिभिन्न कार्यक्रममा व्यस्त छन्। नेपाली कांग्रेसका महामन्त्री एबम प्रतिनिधि सभा सदस्य उम्मेदवार गगन थापा आफ्ना प्रदेश सभा सदस्य उम्मेदवारहरु श्रीराम लामिछाने तथा कुसुम कुमार कार्की सहित टोल टोल केन्द्रित छलफल तथा भेलामा व्यस्त छन्।
काठमाडौं क्षेत्र नम्बर ४(२) मा समेत प्रचार प्रसार तिव्र बनेको छ। नेपाली कांग्रेसका महामन्त्री एबम प्रतिनिधि सभा सदस्य उम्मेदवार गगन थापा आफ्ना प्रदेश सभा सदस्य उम्मेदवार कुसुम कुमार कार्की सहित टोल टोलमा पुगिरहेका छन्। हिजो बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० मा बिशेष छलफल र भेला गरेको गठबन्धनले आज वडा नम्बर ११ का बिभिन्न ठाउंमा बिशेष कार्यक्रम संचालन गरिरहेको छ।
यो समुहले बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित निखिलेश्वर टोलमा समेत छलफल एबम भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। नेपाली कांग्रेस निखिलेश्वर टोल कार्य समितिले आयोजना गरेको कार्यक्रममा प्रतिनिधि सभा सदस्य उम्मेदवार गगन थापा, प्रदेशसभा सदस्य उम्मेदवार कुसुम कुमार कार्की , समानुपातिक उम्मेदवार मिना पराजुली तथा राजेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। कालिका बस्नेत श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन नेपाली कांग्रेस क्षेत्र नम्बर-४ सदस्य एवं शान्ति सुरक्षा तथा प्रशासन बिभाग संयोजक श्याम तिम्सिनाले गरेका थिए।
वडाभर बिभिन्न टोलमा बिभिन्न कार्यक्रम सम्पन्न गर्न गठबन्धनको संयुक्त टिम सक्रिय रहेको छ।