कुन-कुन राशिले हेर्न हुँदैन सूर्यग्रहण ? 

राष्ट्रपाटी न्युज

कार्तिक ८, २०७९

काठमाडौँ । कात्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ । ग्रहण मंगलबार दिउँसो ४ बजेर ५२ मिनेटमा स्पर्श भई ५ बजेर २६ मिनेटमा अन्त्य हुने ज्योतिषीहरुले बताएका छन् ।

खण्डग्रास सूर्यग्रहण नेपालको पूर्वी भेग भन्दा पश्चिमी क्षेत्रबाट राम्रोसँग देखिने खगोलविद् एवं वाल्मीकि विद्यापीठका सहप्राध्यापक डा. जयन्त आचार्यले बताए । उनले यो सूर्यग्रहण नेपालमा भन्दा युरोपबाट राम्रोसँग देखिने बताए ।

ग्रहण जम्मा ३२ मिनेटको रहेकाले ग्रहण शुरु हुनुभन्दा ४ घण्टा अघिबाट खानेकुरा खान छोड्नुपर्ने बताए । ग्रहण वृष, सिंह, धनु, मकर राशीलाई राम्रो रहेको बताए । वृष राशिका मानिसले आजको ग्रहण हेर्दा सुख प्राप्ति हुने, सिंहलाई धन लाभ, धनु राशिलाई लाभ र मकर राशिलाई सुख प्राप्ति हुने योग रहेको उनले उल्लेख गरे ।

खगोलविद् डा. आचार्यले मेष राशिलाई स्त्री पीडा, मिथुन राशिलाई चिन्ता, कर्कट राशिलाई व्यथा, कन्या राशिलाई क्षति, तुला राशिको लागि घात, वृश्चिकलाई धन क्षय, कुम्भ राशीलाई मान, इज्जत जाने भनिएको छ,मीन राशिलाई कष्ट हुने बताए ।


Published :कार्तिक ८, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media