माओवादी केन्द्रले सोमबार घोषणापत्र सार्वजनिक गर्ने

राष्ट्रपाटी न्युज

१३ कार्तिक २०७९

काठमाडौँ  ।  ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि तयार पारेको नेकपा माओवादी केन्द्रको घोषणापत्र सोमबार सार्वजनिक गर्ने भएको छ ।

घोषणापत्र सोमबार दिउँसो तीन बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा सार्वजनिक गरिने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्ययले जानकारी दिएका छन् । माओवादीले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा घोषणापत्र निर्माण समिति बनाएको थियो ।


Published :१३ कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media