काठमाडौं। ओखलढुंगा जिल्ला प्रदेस क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार ज्ञान बहादुर खड्का (जीबी) को चुनावी अभियान प्रभावशाली एबं शसक्त बन्दै गएको छ । पछिल्लो समय नेकपा एमालेका नेता नानीबाबु बुढाथोकी समेत खडकाको प्रचार प्रसारको अग्रमोर्चामा देखिएपछि चुनावी माहोल खड्काको पक्षमा बन्दै गएको देखिएको हो । खड्काले टिकट पाएपछि केहि असन्तुष्ट देखिएका भनिएका एमाले नेता कार्यक्रता समेत अहिले खड्काको पक्षमा आइसकेको एक जना जिल्ला कमिटि सदस्यले बताएका छन्।
यस भन्दा अघिल्लो स्थानीय तहको निर्वाचनमा सुनकोशी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेको तर्फबाट उम्मेदवार रहेका खड्काले टिकट पाएपछि चम्पादेवी गाउँपालिका र लिखु गाउँपालिकाका केहि एमालेहरुमा चाहिने भन्दा बढी ज्वरो आएको उनि बताउँछन्। एक थरि एमालेहरु भने जीबी खड्का संग कसरि हुन्छ धेरै भन्दा धेरै पैसा धुत्ने र भोट भने हेरौला भन्ने अबस्थामा रहेको समेत पाइएको बताइएको छ। तर त्यसखाले प्रवृति भएका केहि नेता कार्यकर्ताहरु पार्टीको बिशेष निगरानीमा रहेको समेत बताइएको छ। नेकपा एमालेको झन्डा बोक्ने तर फरक पार्टीका उम्मेदवारहरुसंग अनाधिकृत गतिबिधिमा संलग्न हुन सक्ने व्यक्तिहरुको लेखाजोखा भैरहेको समेत बताइएको छ।
ओखलढुंगा जिल्लाको पश्चिम भेगमा रहेको लिखु गाउँपालिका एमालेको किल्ला मानिन्छ। हाल त्यस गाउँपालिकामा माओबादी केन्द्रका बाबुराम गौतम गठबन्धनका तर्फबाट प्रदेश २ का उम्मेदवार छन्। माओबादी द्वन्द्वको समयमा बिभिन्न ज्याजतिमा संलग्न रहेका उनलाई नेपाली कांग्रेसका थोरै मतदाताले मात्र भोट दिने नेपाली कांग्रेस लिखु गाउँपालिकाका एक जना नेता बताउंछन्। केहि आफन्त र नजिकका मत बाहेक एमाले र कांग्रेसको मत माओबादी केन्द्रको चिन्हमा जाने सम्भावना नरहेको उनको भनाइ छ।
यसरि हेर्दा कांग्रेस बलियो भएको मानिने पूर्वका मानेभन्ज्यांग र सुनकोशी गाउँपालिकाबाट समेत खड्काले राम्रो मतले लिडगर्ने सम्भावना देखिन्छ।उक्त क्षेत्रबाट नेपाली कांग्रेसका संघीय प्रतिनिधिसभा सदस्य उम्मेदवार रामहरि खतिवडाले पाउने मत भन्दा गठबन्धनका माओबादी उम्मेदवारले पाउने मतमा भारि अन्तर हुने नेपाली कांग्रेसका एक जना जिल्ला सदस्य बताउंछन्।
यसरि हेर्दा ओखलढुंगा प्रदेश (२) मा युवा नेता जीबी खड्काको माहोल बन्दै जाने र उनको पल्ला भारि रहेको प्रष्ट अनुमान गर्न सकिन्छ।
लिखु,चम्पादेवी,सुनकोशी र मानेभन्ज्याङ्ग गाउँपालिकाका ३८ वटा वडा रहेको यस प्रदेस निर्वाचन क्षेत्रमा २०७४ सालको प्रदेस सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका मोहन बहादुर खड्का विजयी बनेका थिए भने नेपाली कांग्रेसका प्रदिप सुनुवार निकटतम प्रतिद्वन्दी रहेका थिए।