चुनावी सभामा सहभागी हुन प्रम देउवा पुगे डडेल्धुरा

राष्ट्रपाटी न्युज

१७ कार्तिक २०७९

काठमाडौं ।  प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी अभियानमा सहभागी हुन डडेल्धुरा पुगेका छन् ।

डडेल्धुराको अमरगढीमा आयोजित सभालाई सम्बोधन गर्न देउवा आज त्यहाँ पुगेका हुन् ।  देउवाले सम्बोधन गर्ने कार्यक्रममा सहभागी हुन स्थानीयबासी पनि उपस्थित भएका छन् ।

अमरगढीको कार्यक्रममा सहभागी हुनेक्रममा प्रधानमन्त्री देउवा हिजै धनगढी पुगेका थिए ।  उनी कार्तिक २० गतेसम्म डडेल्धुराका विभिन्न ठाउँमा हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।


Published :१७ कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media